वीरगञ्ज भन्सारले दुई महिनामा आठ अर्ब राजस्व संकलन गर्‍यो

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

वीरगञ्ज- सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

गत साउन र भदौमा कूल सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो। त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल आठ अर्ब ५५ करोड ८१ लाख राजस्व संकलन भएको छ।

लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp