राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५%क्यास ब्याक पाइने
१२ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । आउदै गरेको महान चाड दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दैं विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।
यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।
यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।
सम्बन्धित खबर
बैंकहरुले डेढ महिनामा लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा
१९ मंसिर २०८२, बिहीबार
कुमारी बैंकको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंक नेपालले ल्यायो ६ गुणा रकम बढ्ने योजना
१९ मंसिर २०८२, बिहीबार
