सुनको मूल्यमा २ सयको वृद्धि

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार ९ सय रुपैयाँ बढ्दा प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य गत शुक्रबारको भन्दा तोलामा २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार सुन प्रतिऔंस १७६१.०२ डलर र चाँदी २२.५३ डलरमा कारोबार भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp