पूँजीबजारको गिरावटप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण
Heading2
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौं– पूँजीबजारमा हालै देखिएको अस्वाभाविक गिरावटप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दैनिक २०.२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पूँजीकरण भई नेप्से परिसूचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिब ४ अर्बको कारोबार र लगभग ६५० इण्डेक्स तथा पूँजीकरणमा गिरावट आएको भन्दै नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ।
‘बजारमा हुने सामान्य उचारचढावलाई बजारको विशेषताकै रुपमा लिने गरिन्छ तर कुनै नीतिका कारण बजारमा अस्वाभाविक गिरावट आउने वा आउन सक्ने अवस्था देखिएमा त्यसउपर गहन रुपमा विष्लेषण गरेर मात्र नीति नियम ल्याउनु पर्ने चेम्बरको धारणा रहेको छ’, जारी विज्ञप्तिमा भनिएको छ।
अन्य उद्योग व्यवसायको तुलनामा पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको संख्या र ससानो पूँजी लगानी भएका लगानीकर्ताहरू संख्या धेरै हुनाले स–साना समाचार, नीति र अभिव्यक्तिकै कारण प्रभावित भई सही निर्णय गर्न नसक्दा ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य हुने उसले जनाएको छ।
