सुबिसुले ल्यायो दक्षिणा अफर, आकर्षक सुविधा यस्ता छन्
अर्थतन्त्र
BusinessSarokar
|
२ फागुन २०८२, शुक्रबार
२१ असोज, काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले चार्डपर्वको सुबिसु “दक्षिणा अफर” ल्याएको छ ।
कम्पनीको यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्ने छन् । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ ।
सम्बन्धित खबर
भ्रामक ‘१० वर्षे वारेन्टी’ विज्ञापन गरेको भन्दै बर्जरले तिर्नुपर्ने भयो १२ लाख ७८ हजार क्षतिपूर्ति
निजी क्षेत्रले भन्यो– अमेरिकाले पैसा दिंदैमा नेपाल नै खान्छ भन्नु हुँदैन एमसीसी पास गरौं
करिब १४ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा विकास हाइड्रोपावर
