ब्याजदर घटाउन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन (पत्रसहित)
३ कार्तिक २०७८, बुधबार १२:३२
३ असोज,काठमाडौं । जथाभावी ब्याजदर बढाएका बैंकहरूलाई त्यो घटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो।
निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बजारमा तरलता अभाव भएकोभन्दै बजारबाट निक्षेप तानातान गर्न थालेपपछि राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ब्याजदर घटाउन भनेको हो । बैंकहरुले निक्षेप तानातानमा मुद्दीती खातामा १० प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् ।