विद्युत प्राधिकरण कर्मचारी संघ अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित
Heading2
BusinessSarokar
|
२ फागुन २०८२, शुक्रबार
काठमाडौं- नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अध्यक्षमा पुनः जनार्दन भट्टराई निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न १२ औं महाधिवेशनमा भट्टराई २२४ मत ल्याइ बिजयी भएका हुन्।
उनका प्रतिद्वन्दीहरुमध्ये प्रमिला ढुङ्गानाले ८०, इन्द्र प्रसाद न्यौपानेले ४५ र उमेश कुमार शाहले ३३ मत ल्याएका छन्।
संघको सह अध्यक्षमा टंकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष (खुला) मा खिमेन्द्र बुढाथोकी, पुष्पराज भट्टराई र राजेन्द्र थापा विजयी भएका छन्।
वरिष्ठ उपाध्यक्षमै महिलातर्फ सुजना काफ्ले, मधेशीतर्फ नरेश कुमार चोरवार र आदिबासी जनजातितर्फ भीमप्रसाद गनगाई विजयी भएका छन्। उपाध्यक्षमा भने नवराज कडरिया र सबिन कार्की विजयी भएका छन्।
त्यस्तै महासचिवमा धिमन्तराज न्यौपाने, उपमहासचिवमा श्रीराम सापकोटा र कोषाध्यक्षमा लक्ष्मी पराजुली निर्वाचित भएका छन्।
