पाँच अर्बको लगानीमा विराटनगरमा २५ तले व्यापारिक भवन बन्ने

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं  – प्रदेश लगानी र   विराटनगर महानगपालिका  प्राधिकरणको सहकार्यमा पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ।

विराटनगर-९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ। विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उपउपप्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरू गरिने बताइएको छ। स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ। प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिक रूपमा सवल बन्ने विश्वास व्यक्त गरे।

विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशीलरूपमा स्थापित हुने विचार राखे।

उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली-२०७६ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही निर्माण सम्पन्न गरिने भएको छ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp