Banking Khabar
Heading2

नेपाल लाइफको प्रीमियम भुक्तानी गर्दा एक युवकले जिते आइफोन–१२

October 29, 2021
सेयर:

काठमाडौं  – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) इसेवाबाट भुक्तानी गर्दा एक युवकले आइफोन-१२ प्राप्त गरेका छन्।

पहिलो लक्की ड्रमार्फत विराटनगरका विज्ञान दाहालले आइफोन प्राप्त गरेका हुन्।

आज आयोजित एक कार्यक्रमका बीच उनलाई इन्योरेन्सका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन-१२ प्रदान गरे।

नायब महाप्रबन्धक केयलले डिजिटल प्लाटफर्ममार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुने बताए।

साथै इसेवाले ग्राहकहरुलाई उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा थप आकर्षण बढ्ने धारणा व्यक्त गरे।

विजेता विज्ञान दाहालले डिजिटल प्लाटफर्ममार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको बताए।

पुरस्कारले अझ उत्साह थपेको समेत उनले उल्लेख गरे। कम्पनीले डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग प्रिमियम भुक्तानीको सम्झौता गरेको छ।

जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा छ। नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट-आइपीएस, फोन-पे, आईएमई-पे तथा प्रभु-पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ।