Banking Khabar
शिक्षा र स्वास्थ्य

चीनबाट थप १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

November 11, 2021
सेयर:

काठमाडौँ – चीनबाट थप १० लाख ५८ हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनसँग किनेको कोभिड–१९ विरुद्धको १० लाख ५८ हजार डोज भेरोसेल खोप आज काठमाण्डु आपुगेको हो ।

बिहीबार बिहान चिनियाँ कार्गो विमानमार्फत उक्त खोप परिमाणको काठमाण्डु आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।