गरिमा बिकास बैंकको नाफामा ४३ प्रतिशतले वृद्धि, व्यापार विस्तारद्धारा खुद नाफा ८२.५ करोड पुग्यो

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

 

गरिमा बिकास बैंक जो मोफसलबाट उदाएर बिस्तार भएको बैंक हो । यो बैंक व्यापार बिस्तार देखि लिएर निक्षेप संकलनसम्ममा आक्रमक तरिकाले अगाडि बढ्दो क्रममा छ ।

विहिबार गत आर्थिक बर्षको वित्तिय विवरण सार्बजानिक गर्दै बैंकले नाफा ४३ प्रतिशत ले बढाएर ८२ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । बैंकले व्यापार बिस्तारबाटै नाफामा उल्लेख्य सुधार गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक बर्ष एक अर्ब ९३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

राष्ट्र बैंकको असल ऋणमै गरिने एक प्रतिशतको प्रोभिजनिङ १.३ प्रतिशत पुर्याउनु पर्ने नीति आएपछि बैंकको प्रोभिजनिङ पनि बढेको छ । प्रोभिजनिङ करिव ७१ प्रतिशतले बढेर ४० करोड २३ लाख रुपैयाँ नाघेको छ। यस अन्तर्गत कोभिड प्रभावित ब्यवसायीलाई दिइएको ऋण पनि समावेश छ । यस्तो ऋणमा एक प्रतिशतको ठाउँमा पाँच प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने ब्यवस्था छ।

बैंकले ऋण ४८.६० प्रतिशतले बढाएको छ भने निक्षेप ५०.५९ प्रतिशतले बढाएको छ। बैंकसँग ग्राहकलाई दिएको कुल ऋण ५१ अर्ब ८० करोड पुगेको छ। निक्षेप पनि ६३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

बैंकको आधार ब्याज दर ९.३१ प्रतिशतबाट ८.१७ प्रतिशतमा झरेको छ। यसले ऋणलाई अझ सस्तो बनाएको छ। यसबाहेक बैंकले ४.९५ प्रतिशतको स्प्रेडलाई साढे ४ प्रतिशतमा झारेको छ।

बैंकको प्रति सेयर आम्दानी २२.४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४.२३ गुणा छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp