धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्धसरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत चल–अचल सम्पत्तिको धितो मूल्यांकन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड दिइएको छ।

नेपाल भ्यालुयर्स एसोएिसनको छैटौँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा यस क्षेत्रमा आबद्ध इन्जिनियरहरूले यस विषयमा जोड दिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद सकलदेव सुतियारले पेसागत ज्ञान लिएर काम गर्दा समस्या नहुने बताए। ज्ञान नहुनेले अरूसँग सिकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

एसोसिएसनका संस्थापक अध्यक्ष वसन्तरमण रजौरेले धितो मूल्यांकन प्रक्रियामा लाग्नेहरूको छाता संस्थालाई संस्थागत स्वरूप दिन वर्तमान कार्यसमितिले महत्त्वपूर्ण काम गरेको बताए।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष अञ्जनीकुमार श्रेष्ठ, यस क्षेत्रका विज्ञ देवेन्द्रकुमार श्रेष्ठ, अध्यक्ष ऋषि कोइराला, उपाध्यक्ष लक्ष्मणबाबु सेढाईं, महासचिव दिनेशकुमार पाठक, नेपाल इन्जिनियर्स एसोसिएसनका उपमहासचिव अनिल मानन्धरलगायतले धितो मूल्यांकन प्रक्रियामा देखापरेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा गर्नुपर्ने कामबारे जानकारी दिएका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp