मुक्तिनाथ फुड बैंकद्वारा आईपीओ निष्काशनको तयारी

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ फुड बैंकबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

एक कार्यक्रमका बिच मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, हकप्रद शेयर निष्काशन, पूँजी संकलन लगायतका कार्य गर्न आवश्यक परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो

यहि बैशाख १७ गते हुन गईरहेको विशेष साधारण सभाबाट हकप्रद शेयर पारित गरी आर्थीक वर्ष २०८१/८२ भित्र ४० करोड चुक्ता पूँजी पुर्याउने कम्पनीले जानकारी गराएको छ । साथै, आर्थीक वर्ष २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्काशन गर्ने समेत लक्ष्य लिएको छ ।

मुक्तिनाथ फुड बैंक, धितोपत्र बजारमा सुचिकृत भई कृषि मूल्य श्रृंखला विकासमा कार्यरत मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनीको रुपमा २०७९ सालमा स्थापना भएको कम्पनी हो ।

खाद्यान्न जस्तो मानव स्वास्थ्यसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने क्षेत्रमा उपभोक्ताको माग बमोजिम सहज, सुलभ, नेपालमै उत्पादित र गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराई एकातर्फ उपभोक्ता हक हित संरक्षण र अर्कोतर्फ कृषकहरुको बजार सुनिश्चितता गर्न, खाद्य वस्तुहरुको उत्पादन, संकलन, प्रशोधन र बजारीकरणहरु जस्ता कार्यलाई वृहत रुपमा अगाडी बढाउन लागिरहेको कम्पनीले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp