गुणाकर भट्टलाई गभर्नर नियुक्तिको बाटो खुला
नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै परेको पूरक निवेदन सर्वोच्च अदालतको इजलासले अस्वीकार गरेको छ । योसंगै भट्टलाई गभर्नर नियुक्ति गर्न सरकारलाई बाटो खुलेको छ । सत्तारुढ नेपाली कांग्रेस र एमाले नेतृत्वबीच भट्टलाई गभर्नर बनाउने सहमति भइसकेको राजनीतिक वृतमा चर्चा छ ।
बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालको इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो । अभिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा वैशाख ५ गते पूरक निवेदन दर्ता गराएको थिए ।
भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन । उनले राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको व्यवस्था पूरा गरी राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत गरेकी छैनन् ।
सम्बन्धित खबर
पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी
‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
साउदीमा रहेको नेपाली दूतावासले पनि दिन थाल्यो पुनः श्रम स्वीकृति, घरेलु श्रमिकले पनि लिन सक्ने
