चितवनमा खुल्यो १ अर्ब लगानीमा पाँचतारे पटिहानी रिसोर्ट

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

चितवन– चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ। भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको  हो।

रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए।

हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा १ अर्ब रुपैयाँ हाराहानी खर्च हुने बताए।

रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन्। यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको उनले जानकारी दिए।

एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको निर्देशक न्यौपानेको भनाइ छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp