कामना सेवाको साढे १९ प्रतिशत लाभांश घोषणा

Heading1 BusinessSarokar | ५ माघ २०८२, आइतबार

काठमाडौं– कामना सेवा विकास बैंकले गत आवको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले सञ्चालक समितिको  बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैकले १८.५ प्रतिशत बोनस सेयर तथा करबापत ०.९७ प्रतिशत नगद लाभांश दिने भएको छ। हाल सञ्चालित विकास बैंकमध्ये लाभांश घोषणा गर्ने कामना सेवा पहिलो बैंक बनेको हो।

बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लागु हुनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp