कामना सेवाको साढे १९ प्रतिशत लाभांश घोषणा
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– कामना सेवा विकास बैंकले गत आवको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।
बैकले १८.५ प्रतिशत बोनस सेयर तथा करबापत ०.९७ प्रतिशत नगद लाभांश दिने भएको छ। हाल सञ्चालित विकास बैंकमध्ये लाभांश घोषणा गर्ने कामना सेवा पहिलो बैंक बनेको हो।
बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लागु हुनेछ।
सम्बन्धित खबर
आज मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी
१९ मंसिर २०८२, बिहीबार
नबिल म्युचुअल फण्डअन्तर्गतका दुई फण्डद्वारा लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित
१९ मंसिर २०८२, बिहीबार
