स्थानीय तहको निर्वाचनकाे मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले भने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगकाे आचार संहितामा उक्त व्यवस्था गरिएको हो ।
महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउनेछन् । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ ।
खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ । राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मरवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ ।
५० हजारभन्दा बढी आर्तिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ । दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ ।