मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, माग्यो सुझाव
२० जेष्ठ २०७९, शुक्रबार ०५:०७
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव मागेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।
सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय-सुझाव मागेको हो । राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रीय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना monetarypolicy@nrb.org.np सुझाव तथा राय पठाउन सकिने छ ।