विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइनेछः गभर्नर

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् ।
बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घट्नुभन्दा अझ राम्रो भएर आउने बताए ।

‘म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुनेछैन, पहिलेको जुन विनियमावली छ, त्यो भन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्थाहरु घटेर त्यसबाट आउने छैन, आशा गरौँ त्यो राम्रो हुनेछ, सकारात्मक हुनेछ,’ उनले भने ।

उहनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए । बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरे ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp