Banking Khabar
Heading2

पैसा नभएको खाताको चेक काट्ने गोंगबुका रोशन भण्डारी पक्राउ

October 13, 2022
सेयर:

बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक आरोपी पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई प्रहरीले भण्डारी टोलबाट पक्राउ गरेको हो ।
उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र पाँच लाख ५० हजार जरिवाना तथा २२ हजार क्षतिपूर्ति भराउने आदेश भई फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरी बुधबारनै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रहरीले जनाएको छ ।