सेयर बजारमा नयाँ उछाल, कारोबार रकम १७ अर्ब नाघ्यो

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

 

हप्ताको अन्तिम दिन नेप्से परिसुचक १६ अकंले बढेको छ । बजारले ३१७८ बिन्दु उचाईंको नयाँ रेकर्ड बनाएसगैं कारोबार रकम समेत १७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ। विकास बैंक समूहमा साढे ६ प्रतिशतको बृद्धिसहित ३४४ अंकले बढेपछि समग्र बजारलाई माथि पुर्याएको छ। व्यापार समूह ९९ अंकले वृद्धि भएको छ ।

बिहीबार सर्वाधिक मूल्य बढ्ने बैंक तथा वित्तिय संस्थाहरुमा महालक्ष्मी, कामना सेवा र शाइन रेसुङ्गा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै माउनटेन इनर्जी नेपाल र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। जलविद्युत समूहका केही कम्पनीको मूल्य बढेपनि यो समूहको उपसूूचक भने २४ अंकले घटेको छ।

गत हप्तादेखि दोस्रो बजारमा कारोबार भइरहेका जीवन विकास लघुवित्त र युनियन लाइफको सेयर मूल्य पनि १० प्रतिशतलेनै बढेको छ। कारोबार आय देखि नै यी दुई कम्पनीमा दैनिक १० प्रतिशतको बृद्धि देखिएको छ। सर्वाधिक कारोबार गर्ने कम्पनीमा पनि विकास बैंक र जलविद्युत समूहका कम्पनीनै अघि देखिएका छन्। सर्वाधिक कारोबार गर्ने कम्पनीमा पनि विकास बैंक र जलविद्युत समूहका कम्पनीनै अघि देखिएका छन्।

माथिल्लो तामाकोशीको सर्वाधिक ६२ करोड रुपैयाँको सेयर किनबेच हुँदा कामना सेवा विकास बैंकको ५९ करोड, साइन रेसुङ्गाको ४९ करोड, एचआइडिसिएलको ४४ करोड र गरिमा विकास बैंकको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

२२५ कम्पनीको सेयर कारोबारमा आउँदा ९४ कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp