सुनको भाउ यथावत, चाँदीमा देखियो उकालो

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाली बजारमा आज बहुमूल्य धातुको मूल्यमा मिश्रित अवस्था देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य यथावत रहँदा चाँदीको मूल्य भने बढेको छ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम गरिएको छ।

यता चाँदीतर्फ भने बजारमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।

त्यसैगरी, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा निर्धारण गरिएको महासंघले जनाएको छ।

सुन स्थिर रहँदा चाँदीको मूल्यमा आएको यो वृद्धि बजारमा माग र आपूर्तिको प्रभावका कारण भएको विश्लेषण गरिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp