निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा प्रवाह भने २ अर्ब


गरिमा विकास बैंकदारा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न

‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आईतबारको दिन कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२२को दिन सम्पन्न उक्त कार्यक्रममा


सिभिल बैंकको डेपुटी सीइओमा सचिनजङ्ग रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ्ग अनुभव

सिभिल बैंकको नायव प्रमुख कार्यकारी (डेपुटी सीइओ)मा अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागु हुने गरी डेपुटी सीइओमा नियुक्त गरेको हो । नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गर्नु भएका रायमाझीले राष्ट्र बैंक लगायत विभिन्न


वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा ६ अर्ब थपियो

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । जेठ महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप थपिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ


कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा


मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिट (Meraki Holistic Wellness Retreat ) सँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ । काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी


मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

माछापुच्छ्रे बैंकले भक्तपुरको चाँगुनारायणस्थित रहेको ‘मानव कल्याण समाज’ नामक संस्थालाई २० थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले जेठ १३ गते एक कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान हस्तान्तरण गरेको हो । उक्त सामान माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले हस्तान्तरण गरेका हुन्


नबिललाई एनबी गाभ्न बाटो खुल्यो

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दा अन्ततः फिर्ता भएको छ । सो रिट निवेदकले फिर्ता लिएसँगै दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने बाटो खुलेको छ । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो ।


बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो

बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् । नेपाल बैंकर्स संघका अनुसार वैशाख महीनामा मात्र वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । चैत अन्तिममा वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा


विकास बैंकहरुको ब्याजदर बढ्यो

विकास बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन्। विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन्। विकास बैंक एशोसियसनले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको थियो। सोहि अनुसार केहि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका छन्। तर ८ विकास बैंकले भने ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याएका छन्। यस्तै एक