कुमारी बैंकलाई ‘Excellence In E-Commerce Business 2022’ अवार्ड
कुमारी बैंकलाई ‘Excellence in E-Commerce Business 2022’अवार्ड प्रदान गरिएको छ । यहि मिति २०७९ भाद्र १५ मा Visa International द्वारा ‘Leaders’ Conclave Payments Innovation For Digital Nepal’ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेड लाई ‘Excellence in E-Commerce Business 2022’ अवार्डले सुसम्मानित गरिएको हो । यो
वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने
पुस महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन्। बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए । मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले
गरिमा विकास बैंक १६ औं वर्षमा प्रवेश, गर्यो क्रेडिट कार्ड सेवाको सुभारम्भ
गरिमा विकास क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले १५औं वर्षमा प्रवेश गरेको अवसरमा क्रेडिट कार्ड सेवा सुरु गरेको हो । यसक साथै बैंकले देशभरको कार्यलमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको थियो ।रक्तदान कार्यक्रम बैंकले लाजिम्पाट, कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ,
कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुस १७ भित्र एकीकृत कारोबार
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । दुवै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र
तरलता प्रवाह दोब्बरले बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २३ खर्ब ५५ अर्ब रुपैयाँ बढी तरलता बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालुु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा बैंकिङ प्रणालीमा कुल २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरेको जनाएको हो। अघिल्लो वर्षको सोही
अब प्रारम्भिक सम्झौता भएको ६ महिनामा मर्जर सक्नुपर्ने
सूचीकृत संगठित संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रिया प्रारम्भिक सम्झौता गरेको ६ महिनामा सम्पन्न गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका–२०७९’ जारी गर्दै प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको हो । ‘संगठित संस्थाले गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक
एक सातामै १७ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो बढ्यो
पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएशन (एनबीए) का अनुसार कार्त्तिकको पहिलो साताको तुलनामा दोश्रो सातामा १७ अर्बले निक्षेप घटेको हो । कार्त्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको हो । यता कर्जा लगानी भने स्थीर
एनआईसी एशिया बैंककाे सीइओमा पुन: रोशन न्यौपाने
काठमाडाैं । एनआईसी एशिया बैंककाे प्रमुख कार्यकारी अधिकृतमा पुन:राेशन कुमार न्याैपाने नियुक्त भएका छन् । बैंककाे कात्तिक १६ गते बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हाे । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी सीइओ पदमा
विकास बैंककाे नाफा १ अर्बभन्दा बढी
राष्ट्रियस्तरका आठ ओटा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।विवरणअनुसार यी कम्पनीहरूले कुल रू. १ अर्ब ९ करोड ७२ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत कम हो । गत आवमा ती कम्पनीहरूले रू. १ अर्ब ५६ करोडभन्दा बढी नाफा कमाएका थिए
कर्जाको व्याजदर बढेर १८ प्रतिशत माथि पुग्यो, कुन बैंकको व्याज कति ?
वाणिज्य बैंकहरुले कर्जाको ब्याज बढाएका छन् । कात्तिक १ गतेदेखि बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्जाको ब्याज भने बढाएका हुन् । कात्तिक १ गतेदेखि लागू हुने ब्याजदरमा मुद्दती निक्षेप तथा बचतमा थपघट भएको छैन भने कर्जाको ब्याज मात्रै बढेको छ । बैंकर्स संघले यसअघि बैठक बसेर कात्तिकमा ब्याजदर नबढाउने र पुरानैलाई कामय