सेयरबजारमा ६८ अंकको उछाल, १२ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं- सेयरबजार लगातार दोस्रो दिन उच्च अंकले बढेको छ। मंगलबारबाट सुधार आएको पुँजीबजार मापक परिसूचक (नेप्से) आज ६८.४७ अंकले बढेको छ। यससँगै नेप्से २६८१.११ विन्दुमा उक्लिएको छ। आज चार अर्ब ५० करोड छ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। आज १२ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो भने


सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश

काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी १.६३ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति


मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि


पूँजीबजारको गिरावटप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण

काठमाडौं– पूँजीबजारमा हालै देखिएको अस्वाभाविक गिरावटप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दैनिक २०.२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पूँजीकरण भई नेप्से परिसूचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिब ४ अर्बको कारोबार र लगभग ६५० इण्डेक्स तथा पूँजीकरणमा गिरावट आएको भन्दै नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ।


४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर

काठमाडौं– छ्याङदी हाइड्रोपावर लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। उक्त हकप्रद सेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा


आईपीओ निष्कासनको तयारीमा लोअर इर्खुवा हाइड्रोपावर

काठमाडौं– लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दालाई र २० प्रतिशतले हुने १४ लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो। हाल कम्पनीको अधिकृत पूँजी ९० करोड रुपैयाँ, जारीपूँजी ७० करोड रुपैयाँ र चुक्तापूँजी


न्यादी हाइड्रोपावरको आईपीओमा करिब १९ लाखको आवेदन, ११ गुणा बढी शेयर माग

१८ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब १९ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १८ लाख ९३ हजार ९५७ आवेदनबाट २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवदेन परेको छ


नेप्से ६.६ अंकले घट्यो

काठमाडौँ – सोमबार सेयर बजारको परिसूचक नेप्से ६.६ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक २५७० अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार परिसूचक ५६ अंकले घटेको थियो। परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ। हिजो ४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६२ करोडमा खुम्चिएको छ। बैंकिङ ३, ब्यापार


आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६. ३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश


न्यादी हाइड्रोपावरको आईपीओमा करिब १४ लाखको आवेदन, ८ गुणा बढी शेयर माग

१७ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ करिब १४ लाखले आवेदन दिएका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा १३ लाख ७९ हजार आवेदनबाट १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताको लागि आवदेन परेको छ ।