दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार
काठमाडौं- साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। गत मंगलबारबाट सुधार आएको सेयरबजार पुन: ओरालो लागेको हो। आज पुँजीबजार मापक परिसूचक (नेप्से) १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा ओर्लिएको छ। आज चार अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ। आज कूल १८७ वटा कम्पनीका
मध्य भोटेकोशीको आइपीओ १५ लाख ६२ हजारभन्दा बढीले भरे
२२ असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा शक्रबारसम्ममा साढे १५ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा १५ लाख ६२ हजार १८० आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता
सामलिङ पावरको आईपीओ कात्तिक ४ देखि
काठमाडौं– सामलिङ पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
आईपीओ जारी गर्दै मुक्तिनाथ कृषि कम्पनी
काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो। कम्पनीको आईपीओ निष्कासनका लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ। सेयर निष्काशन सम्बन्धि सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल
२१ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। वि।सं। २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओ निश्काशनको लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै
काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही शुक्रबार बाँडफाँट हुने भएको छ। बुधबार प्रिअलटमेन्टको काम सकिएको बताउँदै धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले शुक्रबार आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो। कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त
२० असोज, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्र कार्कीले बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय भएको पुष्टि गरेका हुन् । सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा
मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै साढे ५ लाखको आवेदन
२० असोज, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमा नै साढे ५ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्ममा ५ लाख ५२ हजार १६७ आवेदकबाट ८८ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको ८८ लाख ९१ हजार ९७० कित्ता शेयरको लागि
बुद्धभुमिको आईपीओ शुक्रबार बाँडफाँट हुने, ९६% आवेदकले शेयर नपाउने
२० असोज, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले कम्पनीको शेयरको प्रिअलटमेन्ट सकाएको छ । आज बुधबार प्रिअलटमेन्ट सकाएर शुक्रबार बाँडफाँट गर्ने भएको हो । कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ