आयातमा थप कडाई गर्ने सरकारको तयारी

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको बताएका छन् । ‘विदेशी निकायले के भन्छ भन्दा पनि हामीले आफ्नो हित हेर्दै केही बस्तुको आयात प्रतिबन्ध लगायने निर्णय गरेका हौं,’ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा पाण्डेले भने, ‘कुन बस्तु आयात गर्ने वा नगर्ने भन्ने राष्ट्रिय


८ प्रतिशतको आर्थिक वृद्धिले व्यापार असन्तुलन झन् बढ्छ : डा. युवराज खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९–८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने बताएका छन् । मदन भण्डारी वौद्धिक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि


रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियाे : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ । हिजाे नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ बुधबार १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषणलाई आधार मान्ने हो भने डलरको भाउ अझै माथि जाने विश्वास गर्न सकिन्छ । छोटो समयमा तीव्ररूपमा डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्र एकदमै प्रभावित बनेको छ । एकातिर डलरको भाउ महँगिने र अर्कोतिर पेट्रोलियमको


मौद्रिक नीतिमा भएको त्रुटिका कारण सेयर बजार प्रभावित: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् । आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक


जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का

मिक्लाजुङ गाउँपालिका २ ताप्लेजुङका भरत भट्टराई उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जाने तयारीमा छन् । २०१९ मै प्रक्रिया शुरु गरेका भट्टराईले १५ दिनभित्र ४१ लाख रुपैयाँ बैंक ग्यारेन्टी देखाउन सकेनन् भने उनको ३/४ वर्षदेखिको मेहनेत र अध्ययनका लागि खर्चिएको लाखौ रुपैयाँ खेर जाने छ । तर जेठ २४ गते राजपत्रमा प्रकाशित भएको भूउपयोग नियमावलीका कारण


आज सातै प्रदेशले बजेट ल्याउँदै

आज सातै वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को लागि बजेट प्रस्तुत गर्देछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुरुप प्रदेश सरकारहरुले प्रत्येक वर्षको असार १ गते बजेट ल्याउनु पर्छ । सोही व्यवस्था अनुरुप आज सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । संघीय सरकारले आगामी


निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा प्रवाह भने २ अर्ब


धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो रहेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । अर्थतन्त्रको ऐनाका रूपमा रहेको धितोपत्र बजारमा उचित प्रविधि भित्र्याएर ऐनाकै रूपमा हेर्न सक्ने गरी अघि बढ्नुपर्ने शर्माको भनाइ छ । उनले पूँजीबजारप्रति आफू सधैं चिन्तित


बिजुली निर्यात शुरू भए पनि आयात कायमै

मिलन विश्वकर्मा / स्वदेशी उत्पादन बढ्न थालेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । प्राधिकरणले यहाँ खपत भएर बाँकी रहने विद्युत् भारतमा निर्यात गर्न थाले पनि आयात गर्नुपर्ने बाध्यता कायमै छ । प्राधिकरणले अझै भारतबाट चौबीसै घण्टा न्यूनतम ६० मेगावाट विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले विशेषगरी सुदूरपश्चिम क्षेत्रलाई लक्ष्य गरेर टनकपुर