पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो

नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने


कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर : आईएमएफ

बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न सुझाव दिएको छ । नेपाललाई उपलब्ध गराएको ऋण सहायता (एक्स्टेन्डेड क्रेडिट फेसिलिटी) को उपयोगिताबारे अध्ययन गर्न रोवर्ट ग्रेगरीको संयोजकत्वमा आएको टोलीले कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धि गर्न नेपाल राष्ट्र


१ अर्ब निक्षेप संकलन हुँदा ३ अर्ब कर्जा लगानी

एक सातामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ । बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक


आर्थिक वृद्धि ५.८ प्रतिशत भन्दा धेरै हुने सरकारी दाबी

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको भन्दा बढी हुने सरकारले दाबी गरेको छ । पछिल्ला महिनामा आर्थिक गतिविधि उल्लेख्य बढेकाले वार्षिक आर्थिक वृद्धि विभागको प्रक्षेपण भन्दा धेरै हुने अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले बताए । यद्यपि अहिलेको बेमौसमी बाढी मूल्यवृद्धि र बाह्य क्षेत्र दबाब चुनौतिकै रुपमा रहेको उनले


दक्षिण कोरियामा घरजग्गाको मूल्यमा बिस्फोटक वृद्धि, एउटै अपार्टमेन्टको औसत मूल्य १ अर्ब वनभन्दा बढी

हामीहरुलाई कुनै पनि कुरा नचाहिएसम्म त्यसबारे खासै सोधखोज गर्दैनौं । केही अघिसम्म पनि लि जु हेउनले घर किन्नेबारे गम्भीर भएर सोचेकै थिइनन् । तर घर खोज्दै जाँदा मूल्य सुनेर अचम्भित भइन् । लिले आफ्नो हुनेवाला श्रीमानसँग बस्नका लागि घर किन्न खोज्दै थिइन् । उनीहरुले ४० करोड वनमा ६६ वर्गमिटरसम्मको घर हेरिरहेका थिए । तर मूल्य


न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूटी’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको


महङ्गी बढ्यो तर श्रमिकको ज्याला बढेन

पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उनी आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसकेका छन् । दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै


पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागतः आन्तरिक पर्यटन प्रवर्द्धन हुने आशा

सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो । यो


सेन्ट्रल अफ्रिकन रिपब्लिकले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राका रूपमा मान्यता दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार बुधबार त्यहाँका राष्ट्रपतिले बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने विधेयकमा हस्ताक्षर गरेका छन्। अघिल्लो साता सेन्ट्रल अफ्रिकन रिपब्लिकको संसदले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको थियो। ‘सेन्ट्रल अफ्रिकन रिपब्लिकका नागरिकको अवस्थामा सुधार हुनेछ भनेर राष्ट्रपतिले यो विधेयकलाई समर्थन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका एक


नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले प्रक्षेपण गरेको छ । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले पनि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो