मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक

सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ । आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको


विश्वभर महँगी : बहुराष्ट्रिय कम्पनी नेस्लेले ५ % ले बढायो आफ्नो सामानको भाउ

विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय सामग्री निर्माता कम्पनी नेस्लेले आफ्नो सामानको भाउ बढाएको छ । कम्पनीले यो वर्षको पहिलो तीन महीनामा मूल्य ५ प्रतिशतभन्दा धेरैले बढाएको हो । विश्वभर कच्चा, तेल, गहुँलगायत कमोडिटिजको भाउ बढेपछि कम्पनीले मूल्य बढाएको थियो । मूल्य वृद्धिको मार उत्तर अमेरिकाको उपभोक्तामा सबैभन्दा धेरै परेको छ । कम्पनीले त्यहाँ भाउ


जग्गा खरिद र प्लटिङमा बैंकहरुको लगानी बढ्दो

बैंकहरुले जग्गा खरिद र प्लटिङमा ३६ अर्बभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रियल स्टेटमा गएको कुल कर्जामा फागुन अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङ्कको लागि मात्रै ३६ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो ८ महिनामा यस्तो कर्जा ४२.७ प्रतिशतले बढेको छ। गत आर्थिक


सडकमा विद्युतीय सवारी बढ्दै, ८ महीनामै भित्रियो १ हजार ३५७ थान सवारी साधन

नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० ओटा विद्युतीय सवारी (ईभी) साधन खरीद गर्‍यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौं उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । विद्युतीय


व्यापार घाटा १२ खर्ब ९० अर्ब

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ । चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात रु १४ खर्ब ५० अर्ब ७१ करोड बराबर भएको छ । यस्तै, निर्यात एक खर्ब ५९ अर्ब ७६ करोड बराबर पुगेको छ । आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको


कर्जाको ब्याजदर दोहोरो अंकमा

क तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ । निक्षेपको ब्याजदरसँगै बैंकहरूको लागत बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार फागुनमा बैंकहरूको कर्जामा औसत ब्याजदर साढे १० प्रतिशत नाघेको छ । माघबाट बैंक, वित्तीय संस्थाको औसत ब्याजदर दोहोरो अंकमा पुगेको हो । चालू आर्थिक वर्ष (आव) को


गभर्नरमाथि सरकारले लगाएकाे आराेप पुष्टि नहुन सक्छ : डा. नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा भएकाे साक्षात्कारमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने


अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा रक्सी, ड्राई फुड, फर्निचर, सजावटका सामग्री, मोबाइल, कस्मेटिक वस्तुको आयात नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १०० प्रतिशतसम्म


रेमिट गर्नेलाई आइपीओमा कोटा

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित दूतावास प्रमुखलाई आग्रह गरेका छन् । दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महाबाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक


म्यान अध्यक्षमा उपेन्द्र पौडेल

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल चुनिने भएका छन् । म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् । कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा नै पराजित भए । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । म्यानमा उपेन्द्र पौडेल सहित मोहनराज ओझा,पद्युम्न पोखरेल,कृष्णप्रसाद शर्मा,आशा