‘नीतिमा परिवर्तन भइरहँदा उद्योगी व्यवसायी समस्यामा’
राष्ट्र बैंकले आफ्नो नीतिमा पटक–पटक परिवर्तन गर्दा आफूहरू समस्यामा परेको पूर्वका उद्योगी व्यवसायीको गुनासो छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूको समस्या पहिचानको उद्देश्यले उद्योग मन्त्रालयले सोमवार आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले राष्ट्र बैंकले ब्याजदर सम्बन्धी नीतिलाई राम्रोसँग परिमार्जित गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलसमक्ष मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले
क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट
शनिबार साताको अन्तिम दिन प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ । इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । यो १६,३२१
तीन महिनामा ८५ मूल्यवृद्धि हुने प्रक्षेपण
आउँदा महिनामा मूल्यवृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुन सक्ने अनुमान गरेको छ । आगामी तीन महिनाको प्रक्षेपण यसअघिको भन्दा २ प्रतिशत बिन्दुले कम हो । एक वर्षको
सहकारीले ५१ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने
सहकारी संघसंस्थाले आफूले प्रवाह गरेको कुल कर्जाको कम्तीमा ५१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भएको छ । घरजग्गालगायत अनुत्पादक क्षेत्रमा सहकारीले ठूलो कर्जा प्रवाह गरेको आरोप लागिरहेका बेला एकीकृत निर्देशन जारी गर्दै सहकारी विभागले यस्तो निर्देशन दिएको हो । ‘सहकारी संघसंस्थाले प्रवाह गरेको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा लगानी गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ,
को को हुन् धितोपत्र बोर्ड अध्यक्षका लागि सर्ट लिस्टेड ३ जना
अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष नियुक्तिको लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको छ । समितिले डा. गोपाल प्रसाद भट्ट, रमेश कुमार हमाल र कृष्णराज पोखरेलकाे नाम सर्ट लिस्ट गरेको हो । यसअघि आवेदन दिएका १५ जनामध्येबाट ५ जनाको सर्ट लिस्ट आएको थियाे । ५ जनामा डा. गोपाल
ब्याजदर वृद्धिले अर्थतन्त्र जोखिममा
नेपाल उद्योग परिसंघले ब्याजदर वृद्धिले अर्थतन्त्रमै जोखिम बढेकाे भन्दै आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै परिसंघले ब्याजदर नियन्त्रण गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिँदै आएकाे दरमा फागुनदेखि लागू हुनेगरी १० प्रतिशत विन्दुले ब्याज बढाएका थिए । यसले कर्जाकाे ब्याजदर पनि बढ्नेछ । परिसंघले भनेको छ, ‘अर्थतन्त्रका विद्यमान समस्या
सीआईबीले भन्यो- क्रिप्टोकरेन्सी कारोबारको निगरानी भइरहेको छ
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी कारोबारमा निगरानी भइरहेको बताएको छ । क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा डिजिटल नेटवर्किङ लगायत कारोबारमा संलग्न भेटिए कानुनबमोजिम कडा कारबाही गर्ने सीआईबीले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ ‘क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिबन्धित भई यस कार्यालयबाट समेत निगरानी भइरहेको छ,
ब्याज वृद्धिको निर्णबाट ब्यबसायी मारमा स्थगन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल बैंकर्स संघको निक्षेपमा ब्याज बढाउने निर्णय स्थगन गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गदैै महासंघले ‘कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा संचालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठनु पर्ने
क्रिप्टो र हाइपर फन्डमार्फत पुँजी पलायन भैरहेको छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले भर्चुअल मुद्राको अवैध कारोबार, हाइपर फन्डलागायत अवैध नेटवर्किङ धन्दा, अनलाईन जुवा र सट्टेबाजी (ग्याम्बलिङ) मार्फत पुँजी विदेश पलायन भइरहेको बताएका छन्। बिहीबार चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । प्रविधिको प्रयोगमार्फत भैरहेको अवैध कारोबार अर्थतन्त्रको नयाँ चुनौतीका रुपमा देखिएको उनले बताए ।
रेमिट्यान्स किन बैंकिङ च्यानलबाटै पठाउनुपर्छ ? हुण्डीबाट पठायो भने के हुन्छ ?
चालु आर्थिक वर्षको पहिलो महीनादेखि नै लगातार रेमिट्यान्स आउने क्रम घटिरहेको छ । पाँच महीनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७ प्रतिशतले कमी आएको छ । विदेशमै भर्चुअल करेन्सीमा लगानी गर्ने र पठाएको रकम पनि हुण्डीबाट पठाउने गर्दा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण मानिने रेमिट्यान्स घटिरहेको राष्ट्र बैंकको अनुमान छ । यी दुवै अवैध हुन् । भर्चुअल मुद्राको