किन घटिरहेको छ सेयर बजार ?
काठमाडौँ – इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो। त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, २०७८ भदौ २ गते
दैनिक उपभोग्य वस्तु उत्पादनसम्बन्धी उद्योग स्थापनामा अर्थमन्त्रीको जोड
काठमाडौं– दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना तथा सञ्चालन सरकारले विशेष प्राथमिकतामा राखेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन्। वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने
समाज र स्वस्तिक लघुवित्तको मर्जर प्रस्ताव बहुमतबाट भाँडियो, अब मर्ज नहुने
१७ भदौँ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएको मर्जर खारेज भएको छ । मर्जरपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय सैद्धान्तिक सहमतिमा उल्लेख भए अनुसार बर्दीबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिक लघुवित्तसँग मर्जर गर्न नसकिने लघुवित्तले जनाएको छ। समाज
सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा
१७ भदौँ, काठमाडौं । सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले कपिलवस्तुको तौलिहवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय
९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण
लमजुङ– यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत
चितवनमा खुल्यो १ अर्ब लगानीमा पाँचतारे पटिहानी रिसोर्ट
चितवन– चितवनको पटिहानीमा १ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी गरिएको छ। भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा पाँचतारे पटिहानी रिसोर्ट सञ्चालको तयारीमा पुगेको हो। रिसोर्टमा चितवनसहित देशभरका २२ व्यवसायीको लगानी रहेको प्रबन्ध निर्देशक ऋषि न्यौपानेले बताए। हालसम्म रिसोर्टमा ७५ करोड लगानी भइसकेको जनाउँदै उनले सबै काम सम्पन्न गर्दा १ अर्ब रुपैयाँ हाराहानी
बलियो हुँदै नेपाली मुद्रा
काठमाडौं- अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ दिनमा मात्र डलरको मूल्य करीब २ रुपैयाँले घटेको छ । गत बिहीवार एक डलरको खरीद मूल्य ११९ रुपैयाँ १० पैसा थियो,
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ
काभ्रेमा ३३ करोड विद्युत् बक्यौता
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा रु ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको रु १८ करोडभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत्