आज मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी

कोरोना बीमाको दाबी भुक्तानी आज मंगलबारदेखि हुने भएको छ । कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ मंगलबारदेखि भुक्तानी हुने भएको हो । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले


कोरोना बीमाको भुक्तानी आवेदन मितिका आधारमा

बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो । ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका


कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी दिए । ‘सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी आएको छ,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने। गत साता बसेको मन्त्रिपरिषदले एक अर्ब रूपैयाँ


बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे

गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षसम्म आइपुग्दा पनि सहज हुन सकेको छैन । जसका कारण बैंकहरुबाट सहजै ऋण पाउन सक्ने स्थिति छैन् । यसरी बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितोमा राखेर ऋण लिनेको संख्या बढेको पाइएको छ । बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएपछि बीमालेख धितोमा राखेर ऋण लिने बढेका हुन्


आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय भएबमोजिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ मिति साउन २३ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब ७


एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले १४.५० प्रतिशत बोनस शेयर र ०.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव बीमा


प्राइम लाइफ इन्स्योरेन्सको सिईओमा निर्मल दाहाल नियुक्त

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिले सिईओ बनाउने निर्णय गरेर बीमा समिति पठाएको फाइललाई समितिले पनि स्वीकृति दिएको हो । प्राइमले गुराँस र युनियन लाइफसँग मर्जरमा जान समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।


पाँच लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने

बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बीमा (सुरक्षण) हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनर्बहालीपछि ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गर्नुभएको छ । यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर


नेपाल लाइफको सीईओमा प्रवीण रमण नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीलाई नियुक्त गरिएको छ। कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको ३४१औँ बैठकले रिक्त पदमा वरिष्ठ नायब सीईओ पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो। उहाँलाई बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को निर्देशन नं। २८ अनुसार नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव विनोद कुमार


रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गाभिने सम्झौता

दुई जीवन बीमा कम्पनी रिलायन्स र सानिमा गाभिने भएका छन् । दुबै कम्पनीको संचालक समितिको बैठकले एकआपसमा गाभिन स्वीकृति दिएसँगै गाभिने सम्बन्धमा सम्झौता भएको छ । प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरे । दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ बराबर १