लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा मंसिर १७ गते हुने भएको छ। दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा हुने ३५औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका
नेप्सेमा ७९ दशमलव ७९ अंकको गिरावट
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात हजार ७७ कित्ता सेयर खरिदबिक्री गर्दा छ अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार
प्रि ओपन सेसनमा करिब डेढ अंक बढ्यो नेप्से परिसूचक
काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब डेढ अंक बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार १९.२० अंक घटेर २८२९.६४ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १.३६ अंक बढेर २८३१ विन्दुमा पुगेको छ। आज प्रि ओपनमा सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। मंगलबार प्रि ओपन सेसनमा २३ कम्पनीको ५३ लाख ३८ हजार ७४
प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से
काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।सोमबार १७.७५ अंक घटेर २८१९.८६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ४.९६ अंक बढेर २८२४.८३ विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्ससोत १.१८ अंकले बढेर ५२९.७६ अंकमा पुगेको छ।मंगलबार प्रि ओपन सेसनमा २१ कम्पनीको कारोबार भएको मध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ
आज सामलिङ्ग पावरको आईपीओ बाँडफाँट हुँदै
काठमाडौँ– सामलिङ्ग पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आज बिहान ८:३० बजे सेयर बाँडफाँट भएको हो । कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा
एचआईडीसीएलको लाभांश घोषणा
काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र करका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
नेप्सेको सीईओका लागि आवेदन माग, के चाहिन्छ योग्यता?
काठमाडौं– सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु गरेको छ। गत बिहीबार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सूचाना प्रकाशित गरेको अर्थ मन्त्रालयले पूँजीबजारको नियामक निकायका दुई जना प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढाएको हो। नेप्सेका अध्यष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि उक्त पद रिक्त थियो भने नेप्सेको प्रमुख कार्यकारी
एभरेष्ट बैंकको लाभांश प्रस्ताव
काठमाडौं– एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। बैंकले बोनस सेयर र नगद लाभांशसमेत गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। हाल
उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत लाभांश
काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाले पारित भएपछि वितरण गरिनेछ। हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा कम्पनीको चुक्ता