प्रधिकरणको नाफामा ६८.९४ प्रतिशतको गिरावट

१ भाद्र २०७८, मंगलवार १०:०४

भदौ १, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । अघिल्लो वर्ष झण्डै ११ अर्ब ६८ करोड बराबरको नाफा कमाएको प्राधिकरण ३ अर्ब ५१ करोडमा सीमित भएको छ ।

आ .व २०७६/७७ मा ११ अर्ब ६८ करोड बराबरको नाफा गरेको प्राधिकरणले आ .व २०७७/७८ मा मात्रै ३ अर्ब ५१ करोड नाफा गरेको छ । अघिल्लो आ .वको तुलनामा गत आ .वमा प्राधिकरणको नाफा ६८.९४ प्रतिशतले घटेको छ ।

आ .व २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ आएपछिका आवहरुमा निरन्तर बढ्दो नाफामा थियो । आ .व २०७२र०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आ .वहरुमा निरन्तर घटाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो । चुहावटलाई आव २०७३/७४ मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।

आ .व २०७७/७८ मा दीर्घकालीन ऋणको व्याज ५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले बृद्धि भई ५ अर्व ३४ करोड पुगेको छ । विदेशी मुद्रा विनिमयतर्फ अघिल्लो वर्ष २२ करोड ८० लाख नोक्सानी व्यहोरेकोमा आ .व २०७७/७८ १७ करोड ७८ लाख आम्दानी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *