Banking Khabar
अर्थतन्त्र

नेपाली बजारमा आकाशिदै खाने तेलको मुल्य, रोकिएन ब्रम्हलुट

August 19, 2021
सेयर:

भदौ ३, काठमाडौं । गत ९ महिना यता लगातर वृदि भईरहेको तेलको मुल्य पछिल्लो १ सातामा पनि लगातार वृदि भइरहेको छ । पछिल्ले एक सातामा सबै प्रकारका खाने तेलको मुल्यमा वृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले वृदि भएको छ । गत वर्ष मंसिरदेखि लगभग दोब्बर मूल्यले बढेको खाने तेलको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए । झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको छ । तेल उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले केही बढेको दाबी गरिरहेका छन् ।

झन्डै दोब्बर मुल्य वृद्धि

अघिल्लो वर्ष वैशाखमा लिटरको १ सय ४० रूपैयाँ पर्ने भटमासको तेल यो वर्ष वैशाखसम्म आइपुग्दा २ सय ४० पुगेको छ । यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलेको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ नाघ्यो ।

 

वनस्पति घ्यू तेल उत्पादक संघका अनुसार आयात लागत बढेकाले तेलको भाउ बढेको हो। हामीकहाँ तेलका कन्टेनर हल्दिया बन्दरगाह, पश्चिम बंगालबाट आउँछ। त्यहाँ भएको चुनाव र निषेधाज्ञाका कारण आयात लागत महँगो भएको हो। त्यस्तै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालसम्म आइपुग्ने कार्गो लागत पनि बढेको संघको भनाइ छ।

सरकारको एउटै तयारी जबाफ

सरकार रमिते बन्दा उपभोक्ताको ढाड सँधै सेकिएको छ । सरकारको फितलो अनुगमनका कारण उद्योगी रव्यवसायीले चलखेल गर्ने मौका पाएका छन् । जसले गर्दा उपभोक्ताले प्रत्यक्ष रुपमा भार उठाउन बाध्य छन् । तर सरकारले भने सधैँ तयारी जवाफ दिने गरेको छ, ‘हामी अनुगमन गरिरहेका छौं ।’