Banking Khabar
शिक्षा र स्वास्थ्य

त्रिभुवन विश्वबिद्यालयका परिक्षा नियन्त्रकमा फेरी जोशी नियुक्त

August 25, 2021
सेयर:

भदौ ९, काठमाडौं । त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशी पुनः परीक्षा नियन्त्रक पदमा नियुक्त भएका छन् ।

पहिलो चार वर्षे कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।

भदौ ८ गते पहिलो कार्यकाल सम्पन्न भए लगत्तै त्रिभुवन विश्‍वविद्यालयले उनलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दिएको हो ।