वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टकाे निधन
Heading2
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौँ – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । कालीकास्थानमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।
लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।
१९९३ सालमा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।
उहाँको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा.जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।
भट्टका श्रीमती र दुई छोरा छन् ।
सम्बन्धित खबर
मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने :डा. चिरञ्जीवि नेपाल
२७ मंसिर २०८२, शुक्रबार
उम्मेदवारलाई भोट नपाइने चिन्ता
२७ मंसिर २०८२, शुक्रबार
ओलीलाई भेट्न प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति बालकोटमा
२७ मंसिर २०८२, शुक्रबार
