Banking Khabar
Heading3

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

September 10, 2021
सेयर:

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ। बिहीबारको तुलनामा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार हुँदै छ। बिहीबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो।

शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेको हो।

शुक्रबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।