Banking Khabar
बैंकिङ

कुमारी बैंकद्वारा साखुको विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान

September 10, 2021
सेयर:

२५ भदौँ, काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ।

बैंकले अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ।