Banking Khabar
समचार

रियलमी टेकलाइफ इकोसिस्टम डिजोको पहिलो ब्रान्ड अब नेपालमा

September 13, 2021
सेयर:

काठमाडौं– डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ।

‘डी–जो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु रहेको कम्पनीले जनाएको छ।

कम्पनीले डिजो ब्रान्ड फिचर फोनको मोडल स्टार ३०० पनि लञ्च गरेको छ।  जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ।

अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ। जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ। एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ।

डिजो स्टार ३०० को मूल्य २०७८, डिजो स्टार ५०० को मूल्य  २८७८, गोपड्सको मूल्य ६०६९, गोपड्स डिको मूल्य २८९९ र स्मार्ट घडीको मूल्य  ६४६४ रहेको छ।