३० भदौँ, काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ। पछिल्लो समय उत्पादन बढेपछि ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको हो।
अहिले ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। यसअघि भने मासु प्रतिकिलो ३२० रुपैयाँ थियो।
कोभिड संक्रमण कम भएपछि होटेल, रेस्टुराँहरु खुल्न थालेपछि बिक्रि पनि बढ्न थालेको छ। अर्कोतिर माग भन्दा बढी उत्पादन भएकोले मासुको मूल्य घटेको हो।
संघका अनुसार यसैगरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २३० रुपैयाँ थियो।