Banking Khabar
समचार

पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

September 16, 2021
सेयर:

सिरहा- ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको अवस्थामा करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । रासस