Banking Khabar
शिक्षा र स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना, ५ जनाको मृत्यु

September 21, 2021
सेयर:

काठमाडौं–  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१३ हजार ६२२ नमुनाको परीक्षण गर्दा थप १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।