Banking Khabar
बैंकिङ

वर्ल्ड रेमिटबाट एनआईसी एसियाको खातामा रकम पठाउँदा खातावाललाई ४ सय बोनस

September 28, 2021
सेयर:

काठमाडौँ – एनआइसी एसिया बैंकमा वल्डरेमिटबाट रकम पठाउँदा चार सयसम्म बोनस पाइने योजना सार्वजनिक गरिएको छ। एनआइसी एसियाले असोज ११ देखि कात्तिक १० सम्म लागू हुने गरी यस्तो योजना सार्वजनिक गरेको हो।

वल्डरेमिटको वेबसाइट तथा एपमार्फत् विदेशमा रहेका नेपाली नागरिकहरुले यथास्थानबाटै स्वदेशमा रकम पठाउन सक्छन्।
डिजिटल रेमिट्यान्सलाई प्रवर्दन गर्ने उद्देश्यले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपाली लागि दसैंको अवसरमा उक्त योजना ल्याएको बैंकको भनाइ छ।

यो बैंकले ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैँ आएको छ।