Banking Khabar
अर्थतन्त्र

स्वाभिमान लघुवित्तको ३४ प्रतिशत लाभांश घोषणा

October 4, 2021
सेयर:

काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

लघुवित्त सञ्चालक समितिको  आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।