Banking Khabar
अर्थतन्त्र

साधना लघुवित्तको ९३औं शाखा काठमाडौंमा

October 10, 2021
सेयर:

काठमाडौं- साधना लघुवित्त वित्तीय संस्थाले काठमाडौंको नागार्जुन नगरपालिका-१, रानीवन प्लानिङमा आप्mनो ९३औं शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले उद्घाटन गरेका हुन्।

यससँगै वित्तीय संस्थाले काठमाडौं उपत्यकाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ।

संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत गरी जम्मा २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यही कात्तिक १३ गते पाँचौ वार्षिक साधारणसभासमेत बोलाएको छ।

राष्ट्रियस्तरको यस लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ।