Banking Khabar
शिक्षा र स्वास्थ्य

रिलायन्स इन्टरनेसनल एकेडेमीले दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने

June 20, 2022
सेयर:

रिलायन्स इन्टरनेसनल एकेडेमीले एसईई परिक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने गरी दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने भएको छ।

“तपाइको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु ” विषयक सो निवन्ध प्रतोयोगितामा सहभागिता जनाउन चाहने विद्यार्थीहरुले असार ५ गते देखि १५ गते सम्म २०० देखि २५० शव्द सम्मको निबन्ध क्याम्पसमा बुझाउनु पर्ने अतिरिक्त क्रियाकलाप संयोजक गोबिन्द ढकालले जानकारी दिनुभयो

उहाका अनुसार सो प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार,दितीय हुनेले ६ हजार ,तृतीय हुनेले ४ हजार र सान्त्वना प्राप्त गर्ने १० जनाले नगद १ हजार सहित विभिन्न छात्रवृति प्राप्त गर्ने छन्।