बैंकहरुले डेढ महिनामा लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा

१६ भाद्र २०७९, बिहीबार ०५:०९

वाणिज्य बैंकहरुले भदौ १४ गतेसम्म १२ खर्ब १३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार साउन १ देखि भदौ १४ गतेसम्म बैंकहरुले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ६६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबार नै बैंकहरुले ३२ अर्ब ९१ करोड एसएलएफ सुविधा लिएका छन् । सबैभन्दा बढी साउन २ गते ६७ अर्ब ७४ करोड, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *