मेस्सी र नेयमार दुवैले आफ्नो करियरको सुरुवात बार्सिलोना क्लबबाट गरेका थिए । त्यस ताका मेस्सी र नेयमार दुवै मिल्ने साथी थिए । यो दोस्ती विपरित टिमबाट खेल्दा पनि कायम नै थियो ।
नेयमारले बार्सिलोनामा थोरै समय बिताएर पिएसजीमा प्रबेश गरे भने मेस्सीले बार्सिलोनामा २१ बर्ष बितायर केहिदिन अघि मात्र क्लबबाट बाहिरीएका छन् । मेस्सीको बार्साबाट बहिर्गमन भए सगैं फेरि नेयमार सगै पिएसजीमा जाने हल्लाले तिब्रता पाएको थियो । तर अव यो हल्ला वास्तबिकतामा परिणत भएको छ । मेस्सी र नेमार फेरि एकसाथ एउटै क्लबबाट खेल्ने भएका छन् ।
पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार सँगै थिए । त्यसलाई ‘एमएसन’ भनिन्थ्यो ।
अब पीएसजीमा सुआरेजको सट्टा एमबाप्पे छन् र यसलाई ‘एमएमएन’ ९मेस्सी, एमबाप्पे र नेयमार भनिएको छ । पीएसजीको अबको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ । मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई बलियो बनाएको छ ।
युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ ।
डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।