बाग्मती प्रदेशको मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

२ भदौ, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा पहिलो अष्टलक्ष्मी शाक्य नियुक्ती भएकी छन् । उनले आजै पद तथा गोपनियताको सपथ लिएकी छन् ।

नेकपा (एमाले) विभाजन भएकै दिन नेतृ शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको वाग्मती प्रदेश संसदीय दलले बुधबार नै दलको नेता चयन गरेको थियो ।

ओली पक्षका मानिएका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेललाई राजिनामा गराएर पार्टीले शाक्यलाई मुख्यमन्त्री नियुक्ती गर्ने वातावरण सिर्जना गरेको हो ।बाग्मती प्रदेशमा ११० प्रदेशसभा सदस्य मध्ये एमालेबाट मात्रै ५६ जना सदस्य रहेका छन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp